प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो

author

समाचारपाटी

२ महिना अगाडि

पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पा¥यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।

यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।

इरानी टोलीका आमिर हुसेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गरे । इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार पाए ।

प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो । ईरानी टीम, भारतीय टीम, गण्डकी प्रदेश टीम र तीन विभागीय टीमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टीम सहभागी थिए । 


काठमाडौं

शनिबार, असार ७, २०८२

२५.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन