महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर

author

समाचारपाटी

२ years अगाडि

पोखरा। पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रवार शिलान्यास गर्नुभएको हो ।

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।” यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने उहाँले बताउनुभयो ।

यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने उहाँले बताउनुभयो । “यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” उहाँका अनुसार यसको आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइनेछ ।

पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (३२५ I, J, K, L, M  ) का गर्भनरहरुले खुसी व्यक्त गरेका छन् । लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ m) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ i ) का गभर्नर राम बहादुर बसेलले बताउनुभयो । स्थानीय सरकारहरूसँग समन्वय गर्दै हाल मुलुकका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबहरूले काम गरिरहेको उहाँले बताउनुभयो ।

लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ j ) का गभर्नर धुव्र बहादुर श्रेष्ठले यसको निर्माण पश्चातको दिगोपनमा जोड दिनुभयो । पार्कको दिगोपना सहित संरक्षण महत्त्वपूर्ण हुने भन्दै श्रेष्ठले स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समग्र पोखराको विकासका लागि सबै वडाहरूमा विकास केन्द्रित गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताउनुभयो । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताउनु भएका अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गर्नुभयो । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरुले ७० लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछन् । झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन