fbpx

क्रिकेट विकासमा मद्दत गर्न नेपाल भ्रमण आएँ– आइसिसी अध्यक्ष ग्रेग बार्कले

author

समाचारपाटी

१ year अगाडि

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ । 
सोमवार भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको थियो । उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताउनु भयो । तीन दिने भ्रमणका क्रममा उहाँले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिनुभयो । उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नुहुनेछ । 

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राख्नुभयो । नेपालमा क्रिकेट लोकप्रिय रहेको र अझै क्रिकेटकै साथमा रहन उहाँले समर्थकलाई आग्रह गर्नुभयो । यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ । लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गर्नुभएका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बन्नुभएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...