दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जित्नुभएकाे छ । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उहाँले उपाधि चुम्नुभएकाे हाे ।
२२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात पार्नुभएकाे छ।
‘मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफु सफल भएको महर्जनले बताउनुभयाे ।
‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उहाँले भन्नुभयाे ‘अन्तराष्ट्रिय प्रतियोगतिामा सहभागी हुँदै गर्दा नभर्स पनि हुनुहुन्थ्याे । अन्तत सफलता प्राप्त भयो ।’
‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उहाँलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।
कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी हुनुहुन्थ्याे । उहाँले भन्नुभयाे प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पार्नुभयाे ।
कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पार्नुभयाे ।
होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाइदिनुभएकाे थियाे ।
प्रतियोगीताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहनुभएकाे थियाे ।
विजेतापछि नेपाल फर्किएका सबैलाई ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले शनिबार नेपालमा स्वागत गर्दै बधाई तथा थप सफलताका लागि शुभकामना दिनुभएकाे थियाे ।