काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेशनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल हुनुभएकाे छ । बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको
प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेशनल २०२३’को शिर्ष उपाधि हात पार्नुभएकाे हाे। प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जित्नुभएकाे थियाे ।
प्रतियोगीतामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात पार्नुभएकाे छ । त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जित्नुभएकाे छ । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की,श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।
बैंकक र पटाया गरेर आयोजना भएको कार्यक्रममा नेशनल कस्टुम, ट्यालेन्ट शो, सुमिङ वेयर, फोटो सुट लगायत बिभिन्न चरणमा आयोजना भएको थियो । कार्यक्रममा नेपाली बालबालीकालाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागी तीनै बालबालीकालाई गु्रमिङ गर्ने काम कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएकाे थियाे, भने सिआइएफटीको ड्रेस र ग्लोसी गल्र्सले मेकअफ जिम्बेवारी सम्हाल्नुभएकाे थियाे ।
आर्नभ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘ नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुनुहुन्छ । त्यस्तै ११ वर्षीय सायरा पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२
का विजेता हुनुहुन्छ ।
त्यस्तै १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुनुहुन्छ । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुनुहुन्छ । नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सीइन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकार आफैले लिएर थाइल्यान्ड जानुभएकाे थियाे ।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत दिएको इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो धिरज तण्डुकारले बताउनुभयाे ।