fbpx

काठमाडौं जिल्ला अदालतको फिल्म ‘एक्टर स टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर स् टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर स् टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । राजन भुसाल निर्देशित फिल्म बुधबारदेखि प्रदर्शन तयारीमा थियो ।

नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।

साथै, रिटमा ‘एक्टर स् टेक वन’लाई कुनैपनि विधि, पद्दति ( चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा ) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन