fbpx

तनहुँको दगममा नेपाल आदिवासी जनजाति महासंघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

तनहुँ । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

सो कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचर सम्भावना रहेको बताउनुभयाे ।

उहाँले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउँदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राख्नुभयाे । ‘यो गाउँ पर्यटनको एकदमै सम्भावना रहेको ठाउँ रहेछ, उहाँले भन्नुभयाे, ‘प्रकृतिसँग संस्कृतिमा पनि अगाडि रहेको पाए त्यसैले यो गाउँको प्रवद्र्धन गर्न अति आवश्यक छ ।’

उहाँले दगमको विकासका लागि सडकखण्डले प्रभाव पारेको बताउनुभयाे । ‘दगममा आउँन बाटो भएपनि कच्ची भएकाले केही असहज भएको पाए । खानेपानी र बाटोको समस्यालाई हल गर्न सकेको खण्डमा आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि सहजै भित्रन सक्छ ।’

उहाँले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गर्नुभयाे । उहाँले उक्त गाउँको पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने समेत जनाउनुभएकाे थियाे ।

यसैगरि शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताउनुभयाे । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउँछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उहाँले भन्नुभयाे ।

यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताउनुभयाे ।

उहाँले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गर्नुभयाे । ‘हामीले दगममा आउनुभन्दा पहिले तनहुँकै आदीमुल, मिछुर्लुङ, राइपुर, कास्कीको रुपा गाउँपालिका र बागलुङको ढोरपाटनमा यही सवालको कार्यक्रम आयोजना गरिसकेका छौं, उहाँले भन्नुभयाे, ‘पत्रकारहरुको लेख, रचना र प्रचारप्रसारले ग्रामिण पर्यटनको विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो । र केही रुपमा हामी सफल भइसकेका छौं । त्यसैले हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’

सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोल्नुभएकाे थियाे ।

फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहिबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो । सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिनुभएकाे थियाे ।

फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर