fbpx

पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि


पोखरा । पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे । उहाँले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिनुभयाे ।

‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उहाँले भन्नुभयाे ।

विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उहाँको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उहाँले गराउनुभएकाे छ । कतिपय सामाजिक संस्थाहरु काम
भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएकाे छ ।

सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उहाँको सुझाव छ । प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताउनुभयाे । उहाँले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गर्नुभयाे ।

‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उहाँले भन्नुभयाे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताउनुभयाे । उहाँले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै
मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिनुभयाे । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उहाँको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे ।

पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गर्नुभयाे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्नुभयाे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उहाँको थियो ।

रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताउनुभयाे । उहाँले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयाे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राख्नुभयाे थियाे । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गर्नुभएकाे थियाे।


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर