काठमाडौं । नेपाली डाक्टर लाउञ्जको शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल, बंगलादेश, फिलिपिन्स, र चीनबाट आउनुभएका आठजना नयाँ एम्बेसडरहरुलाई स्वागत साथै उहाँहरुसँग प्रत्यक्ष अन्तरक्रिया पनि गरिएको छ । कार्यक्रममा विभीन्न देशका नयाँ एम्वेसडरहरुमा दावा जामयाङ्ग शर्पा ( सेन्ट्रल साउथ युनिभर्सिटी, सियाङ्ग्या स्कूल अफ मेडिसिन, चीन), तारा प्रसाद खत्री (एमिलियो एग्विनाल्डो कलेज, मनीला, फिलिपिन्स) डा.पूजा रोकाया ( नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीवीरेन्द्र अस्पताल), राजन देवकोटा ( किस्ट मेडिकल कलेज), बिपिन केसी ( शाङ्घाई जियाओ तोंग युनिभर्सिटी स्कूल अफ मेडिसिन), रुजिन अस्पताल र रेन जी अस्पताल, चीन), डा. बिपिन पौडेल ( पाटन एकेडेमी अफ हेल्थ साइन्सेस), डा. विज्ञान क्षेत्री ( पार्कभ्यू मेडिकल कलेज र अस्पताल, बंगलादेश), डा. प्रतिक श्रीवास्तव ( अन्वरखान मोडर्न मेडिकल कलेज, ढाका, बंगलादेश लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रमले नयाँ एम्वेसडरहरूलाई आधिकारिक रुपमा नेडोलमा समावेश गरेको छ । यसले नेडोलको संरक्षकत्व, व्यावसायिक वृद्धि, र विश्वव्यापी स्वास्थ्य सेवामा योगदान पुर्याउने विश्वास नेडोलले लिएको छ । संगठनको अन्तर्राष्ट्रिय प्रभावलाई अझ सुदृढ बनाउन नेडोलले विभीन्न देशका ४० वटा कलेजहरूबाट ८० भन्दा बढी एम्बेसडरहरुलाई समावेश गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा मलेसियाको म्यानेजमेन्ट एण्ड साइन्स युनिभर्सिटीका प्रो. अली खाताबीले चिकित्सकहरूको उद्यमशीलता, पिएचडी अवसरहरू, नेतृत्व भूमिका, र भविष्य निर्माणका उपायहरू विषयमा ज्ञानमूलक सत्र सञ्चालन गर्नुभएको थियो । उहाँको प्रस्तुतीले सहभागीहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्दै चिकित्सकीय पेसाको सीमाभन्दा बाहिर विभिन्न अवसरहरू अन्वेषण गर्न प्रेरित गरेको सहभागीहरुको भनाई छ ।
कार्यक्रममा नेडोल परिवारका सदस्य डा. प्रतिक श्रीवास्तवको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पणसमेत गरिएको छ ।
कार्यक्रममा उपस्थित व्यक्तित्वहरूबिच खुला छलफल र अनुभव आदान-प्रदान भएको भन्दै यसले अनुसन्धान, सहकार्य, र नेतृत्वलाई प्रवर्द्धन गर्ने सहयोग पुग्ने नेडोलको विश्वास छ ।
कार्यक्रमले अनुसन्धान, शैक्षिक उत्कृष्टता, नेतृत्व विकास, र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्ने नेडोलले जनाएको छ ।
