अन्तर वडास्तरीय टेबलटेनिस प्रतियोगितामा वडा नम्बर ९ को वर्चस्व

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा वडा नम्बर ९ को टोलीले वर्चस्व कायम गरेको छ । ४ विधामा प्रथम, द्वितीय र तृतीय भएका १६ खेलाडीमध्ये ५ जना पोखरा–९ का छन् ।

महिला सिंगल्समा वडा नम्बर ९ की तृषा गुरूङ प्रथम, वडा नम्बर ९ कै मुना थापा द्वितीय, वडा नम्बर ७ की पद्मा थापा र वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए। महिला डबल्समा वडा नम्बर ९ कै तृषा र मुनाको जोडी प्रथम, वडा नम्बर ४ का
सक्रिया पोखरेल र सिजल बानियाँ द्वितीय भएको आयोजकले जनाएको छ ।

वडा नम्बर ७ का पद्मा थापा र सानिया श्रेष्ठ, वडा नम्बर २३ का एलिना श्रेष्ठ र राजश्री अधिकारीको जोडी तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयाे । पुरूष सिंगल्समा वडा नम्बर ९ का सुमेश लामा प्रथम, वडा नम्बर १७ का किसन जिसी द्वितीय, वडा नम्बर १५ का रूपबहादुर गुरूङ र वडा नम्बर १७ का प्रितम गुरूङ तृतीय
भए । पुरूष डबल्समा वडा नम्बर १७ का किसन जिसी र प्रितम गुरूङको जोडी प्रथम, वडा नम्बर १५ का दीपकराज गिरि र रूपबहादुर गुरूङ द्वितीय हुन सफल भए ।

वडा नम्बर १४ का नवीन गुरूङ र दिपनिशान शाही, वडा नम्बर ९ का सुमेश लामा र अनुश कुँवरको टोली तृतीय भएको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं खेल संयोजक उत्तम जोशीले जानकारी दिनुभयाे । महिला सिंगल्स, महिला डबल्स, पुरूष सिंगल्स र डबल्स गरेर आइतबार र सोमबार चार विधामा भएको प्रतियोगितामा १७ वटा वडाका ४९ जना खेलाडी सहभागी थिए ।

कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ३७ पुरूष र १२ महिलाले प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ,द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार २५० रूपैयाँ पाए । डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार ७५० रूपैयाँ प्राप्त गरे । पुरूषतर्फ वडा नम्बर ४ का अविशेष गौचन र
महिलातर्फ सोही वडाकी सिजल बानियाँ उदयीमान खेलाडी घोषित भए ।

विजेतालाई पोखरा महानगरपालिकाका कार्यबहाक मेयर मोतिलाल तिम्सिना, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेबल टेनिस संघ अध्यक्ष उत्तम जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान