fbpx

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिशनमा उत्कृष्ट १० स्कुल व्याण्डहरु छनौट

author

समाचारपाटी

२ महिना अगाडि

सन्देश श्रेष्ठ, पोखरा पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिशनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनौट भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयाे । शुक्रबार भएको सेमीफाइनल राउण्डबाट सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रगती सेकेण्डरी स्कुल, कान्तिपुर एकेडेमी, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल बाहिरिएका छन् ।

शुक्रबार भएको प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत गुञ्जाउँदा दर्शकको हुटिङ पाएका थिए । शनिबार हुने फाईनल प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले २÷२ वटा गीत प्रस्तुत गर्नेछन् । शनिबारको उपाधि भिडन्तमा स्कुल व्याण्डहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङले बताउनुभयाे । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उहाँको भनाई छ ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्नुभएकाे थियाे । उहाँले ईन्टर स्कुल व्याण्ड कम्पिटिसनले पोखराको संगीतको विकासमा सघाउ पुग्ने बताउनुभयाे ।

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष भाई गुरुङले बताउनुभयाे । ‘प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ’–उहाँले भन्नुभयाे । उहाँले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयाे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उहाँको धारणा छ । संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले स्वागत र गीत रोज्दा ध्यान दिनुपर्ने कुराहरुबारे संघका पूर्व अध्यक्ष श्यामसुङ तामाङ प्रष्ट्याएका थिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, कार्तिक १४, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन