fbpx

अमरसिंह मावि र ग्लोबल कलेजियट स्कुल चेस च्याम्पियन

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा । अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् ।

छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिनुभयाे । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय,श्री विन्ध्यावासिनी मावि ‘ए’ तृतीय, कुमुदिनी होम्स चौंथो र रेन्बो एकेडेमी पाँचौ भए । विन्ध्यावासिनी, कुमुदिनी र रेन्बोले समान ८÷८ अंक पाए । ६ राउण्ड खेल्दा यी विद्यालयका विद्यार्थीले जितेका खेल, समयसहित कम्प्युटरले हिसाब गर्दा बुचर टेबल पोइन्टको आधारमा विजयी स्थान घोषणा गरिएको हो ।

छात्रातर्फ बालविद्या मन्दिर १०.५ अंकसहित द्वितीय, त्रिवेणी पब्लिक स्कुल ९ अंकसहित तृतीय, ताराकुञ्ज मावि ९ अंकसहित चौंथो र प्रतिभा मावि ‘ए’ ८अंकसहित पाँचौ भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी
दिनुभयाे । छात्र र छात्रातर्फ द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे। छात्रतर्फ कालिका मावि छैटौं, ग्लोबल कलेजियट सातौं, केफ सेकेण्डरी स्कुल आठौं, मदरल्याण्ड मावि नवौं र अमरसिंह मावि दसौं भए । छात्रातर्फ अमरसिंह मावि ‘ए’ छैटौं, हार्बड एकेडेमी सातौं, अञ्जुली आवसीय मावि आठौं, छोरेपाटन मावि नवौं र हिमालयन बोर्डिङ स्कुल दसौं भएको आयोजकले जनाएको छ । छैंटौदेखि दसौं हुने विद्यालयका विद्यार्थीले मेडल र प्रमाणपत्र पाए ।

पुरस्कार वितरणपछि बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले चेसमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश दिएको सुनाउनुभयाे। विद्यालय तहबाटै चेस खेल्नेतर्फ रूचि हुनु, बढाउन सकेमा यसले मानसिक स्वास्थ्य र सोच्ने शैलीमा विकास हुने उहाँले बताउनुभयाे । बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हिराकाजी महर्जनले चेस बौद्धिक खेल भएकाले यसले विद्यार्थीको पढाइमा योगदान गर्न भूमिका खेल्ने बताउनुभयाे । उहाँले देशभरका ५५ जिल्लामध्ये कास्की बुद्धिचालमा सक्रिय रहेकाले यसलाई निरन्तरता दिइरहन आग्रह गर्नुभयाे ।

पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले विद्यालय तहमै चेसको विकास गर्न यो प्रतियोगिता गरेको बताउनुभयाे । उहाँले विद्यार्थीको संख्या प्रशंसालायक देखिएको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयाे । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा ६० विद्यालयका २ सय ५० नाभन्दा बढी छात्र÷छात्रा सहभागी थिए ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो