fbpx

मधेश प्रदेशका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा जोड्ने प्रयासमा महासंघ

author

समाचारपाटी

१ year अगाडि

सिमरा । मधेश प्रदेशको बारा जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई बौद्धिकअपाङ्गताका अभिभावक महासंघ नेपालले प्रशिक्षण सँगै सीप बिकास गराई रोजगारीमा जोड्ने प्रकृया सुरु गरेको छ। लेब इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित ''कोपिला''परियोजना अन्तर्गत रहि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा जोड्ने पहल
स्वरुप महासंघले उक्त कार्यको सुरुवात गरेको हो ।

बारा जिल्लाको सिमरा बिमानस्थलमा अवस्थित सिमरा एअरपोर्ट क्याफेटेरिया र एस. आर.डिपार्टमेन्ट स्टोरमा एक एक जना गरि जम्मा २ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि आवश्यक प्रशिक्षण प्रदान गरि रोजगारीको सम्भावना खोज्न सुरुवात गरिएको हो। यसअघि नै महासंघको कोपिला परियोजना अन्तर्गत रहि बागमती प्रदेशमा ४ जना र गण्डकी प्रदेशमा २ जना बौद्धिक अपाङ्गता भएको व्यक्तिलाई रोजगारीमा जोड्नका लागि प्रशिक्षण चलिरहेको महासंघले जनाएको छ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोड्नका लागि रोजगार सम्बन्धी सरलिकृत र चित्रात्मक सूचनाको कमी, बौद्धिक अपाङ्गता मैत्री कामको प्राथमिकीकरणको कमी,  सहयोगी सहितको रोजगारी, क्षमताको बेवास्ता, सक्दैनन जान्दैनन भन्ने नकरात्मक सोच, रोजगार पाउन तोकिएको शैक्षिक प्रमाणपत्र अनिवार्य व्यवस्था लगायतका चुनौती
रहेको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कार्यक्रम व्यवस्थापक भूषण राउतले जानकारी दिनुभयो ।

उहाँले नेपाल सरकारले लोकसेवा आयोगको विज्ञापन खुलाउँदा अपाङ्गता भएका व्यक्तिहरूको ५ प्रतिशत आरक्षण कोटा सुनिश्चित गरेको भए तापनि हाल सम्म कुनै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सो आरक्षण कोटाबाट लाभान्वित हुन
नसकेको बताउनुभयो ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीमा जोड्नका लागि प्रशिक्षण दिनुभएको सिमरा एयरपोर्ट क्याफेटेरियाका म्यानेजर श्री मुकुन्द भट्टराईले बौद्धिक अपाङ्गता भएको व्यक्तिले रोजगारमा जोडिने अवसर नै नपाएको हुनाले उनीहरुको सीप र क्षमताको पहिचान हुन नसकेको बताउनुभयो । उहाँले सिमरा एयरपोर्ट क्याफेटेरियामा बौद्धिक अपाङ्गता भएका
व्यक्तिहरुलाई जोड्न पाउनु आफ्नो सामाजिक दायित्व पुरा गर्ने अवसर पनि रहेको बताउनुहुँदै महासंघले सुरुवात गरेको रोजगारीमा जोड्ने कार्यको एउटा अङ्ग हुन पाउँदा अत्यन्त खुशी भएको जानकारी दिनुभयो ।

यस्तै एस आर डिपार्टमेन्ट स्टोरका अपरेसन म्यानेजर श्री रुपेश थापा मगरले बौद्धिक अपाङ्गता भएका व्यक्तिको सीप र क्षमताको पहिचान गरी उनीहरुलाई रोजगारीमा जोड्न आवश्यक रहेको र यस्ता कार्यमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले आ-आफ्नो तहबाट पहल गरे उनीहरुलाई रोजगारीमा जोड्न सम्भव भएको बताउनुभयो ।

  • बिपन मगर says:

    अन्त्यन्तै सम्मान जनक काम सबै क्षेत्रमा सबै खाल्को अपांगको पहिचान गरि क्षमताअनुसारको रोजगार को सिर्जना भए अझ राम्रो।


  • काठमाडौं

    बुधबार, मंसिर १९, २०८१

    १५.१५°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

    प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

    हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

    बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    एउटै जुन हेर्दै

    हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

    विचार

    मलाई म नै हुन देउ

    मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

    फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

    चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

    चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन