fbpx

बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा निर्मल कुमार श्रेष्ठ निर्वाचित

author

समाचारपाटी

३ हप्ता अगाडि

भरतपुर । बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको अध्यक्षमा निर्मल कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको १२ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको हो । निर्वाचित उपाध्यक्षमा शान्तप्रभा खनाल, सचिवमा सुशिला कुँवर, सहसचिवमा कर्णबहादुर सुवेदी,कोषाध्यक्षमा बलिभद्र पौडेल, सदस्यहरुमा निर्मला कंडेल, बिनोद प्रसाद अधिकारी, सरस्वती पराजुली, हरिकला भूषाल, माया चापागाईँ, राजु पौडेल, दिनेश रेग्मी रहनुभएको छ।

संघको हिजै सम्पन्न अधिवेशन पश्चातको पहिलो बैठकले आमन्त्रित सदस्यमा सविना वि.क. राईलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ । यसैबिच बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको १२ औँ साधारण सभाले सचिव सुशिला कुँवरद्वारा प्रस्तुत गरिएको गत बर्षको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बलिभद्र पौडेलद्वारा प्रस्तुत गरिएको गत आर्थिक बर्षको लेखा प्रतिवेदन अनुमोदन गरेको छ ।

सभाको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनुभएको थियो भने स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाको निर्देशक शान्ता कुमारी पौडेल विशिष्ट अतिथी रहनुभएको थियो । औपचारिक सत्रमा चितवन जिल्लाका अपाङ्गता क्षेत्रमा कृयाशिल विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुले शुभकामना मन्तव्य
दिएका थिए ।

उक्त सत्रलाई सम्बोधन गर्दै बिशिष्ट अतिथी भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेलले बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको स्थापनाकालदेखी नै आफू पनि चितवन जिल्लामा सेवारत भइरहेकोले बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको पिडालाई नजिकबाट महशुस गरेको र सीमित श्रोतबाटै भएपनि सम्बोधन तथा सहयोगको प्रयासहरु गरिरहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको भरतपुर महानगरपालिकाको उपप्रमुख चित्रसेनअधिकारीले आफूले सकेसम्म बौद्धिक अपाङ्गता भएका व्यक्तिको अभिभावकहरुको कार्यक्रमहरुमा उपस्थिती जनाएको र उहाँहरुले उठाएका सवालहरुबारे जानकार रहेको बताउनुभयो । उहाँले आफूले बौद्धिक अपाङ्गता भएका व्यक्तिको सवाल सम्बोधनका लागि स्थानिय सरकारबाट सकेसम्म प्रयास गरिरहेको बताउनुहुँदै अपाङ्गता भित्र पनि जटिल अपाङ्गताको रुपमा रहेको बौद्धिक अपाङ्गता भएका व्यक्तिको लागि सामाजिकीकरणमा संघले गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।

शुक्रबार नै सम्पन्न बौद्धिक अपाङ्गता संघको दोश्रो साधारण सभालाई पनि जसको सवाल उसकै नेतृत्वको रुपमा स्थापित गर्ने उद्देश्यले बौद्धिक अपाङ्गताको अभिभावक संघ र महासंघले गरेको प्रयासलाई अन्य जिल्लाहरुमा पनि अनुकरण गर्नुपर्नेमा जोड दिदै कार्यक्रमका अतिथीहरुले दुइवटै संस्थाहरुको साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बौद्धिक अपाङ्गता संघका सचिव इश्वर गिरीले लेखा तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने संघका अध्यक्ष विज्ञान राज लौडारीले उक्त संघको साधारण सभाको अध्यक्षता गरेका थिए। कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, अभिभावक र सरोकारवालाहरु गरी ७० जनाको उपस्थिती रहेको थियो ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक