सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ ।
बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभयो । उहाँले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फुर्त भएको बताउनु भयो । उहाँले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताउनु भयो । उहाँले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने बताउनु भयो ।

उहाँले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताउनु भयो । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताउनु भयो । उहाँले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताउनु भयो । उहाँले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले कम्पनीलाई आफै पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताउनु भयो ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउने विश्वास लिएको बताउनु भयो । उहाँले ग्राहकहरुलाई गुणस्तरिय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताउनु भयो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.२°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन