fbpx

स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न स्वास्थ्य निकायलाई निर्देशन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । नागरिकमा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने उहाँको भनाइ छ ।

बिहीवार काठमाण्डौको टेकुमा रहेको स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा मन्त्री गिरीले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो सञ्चारमाध्यममा आउने गरेको उल्लेख गर्दै अब त्यस्तो गरेको पाइए सह्य नहुने चेतावनी दिनुभयो । कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहित स्वार्थमा काम हुने गरेको पाइएको बताउँदै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरू बन्ने गरेका छन् । खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्ने गरी यहाँहरूले काम गर्नुहोला । भोलि कहीँ कतै यस्ता गुन्जायसहरू देखिए भने, रहे भने त्यति बेला तपाईँहरूलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ । सबैको यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्री गिरीले नागरिकप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । विभागले महँगोमा उपकरण खरिद गर्ने तर नागरिकले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन