‘ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छ’:- प्रहरी महानिरीक्षक कुवँर

author

समाचारपाटी

२ years अगाडि

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताउनु भयो । उहाँले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताउनु भयो । उहाँले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले सडक प्रयोगकर्ताहरुलाई कानूनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न नसकिएको बताउनु भयो । उहाँले सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधरणले खोजिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक दुर्घटनाका कारक तत्वहरु पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरु लगाउन सकिएमा क्षेती न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाँले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गर्नुभयो । महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७९÷०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको वर्तमान परिपक्षमा बढ्दो शहरीकरण,बढ्दो जनधनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानविय र वातावरणीय यान्त्रिकमध्ये एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको छ । जसमा काठमाडौं उपत्यकका अग्रणी रुपमा रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने गरेका छन् । नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भएपनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको छ । काठमाडौं उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको छ । त्यतिगर्दा पनि दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता छ । ट्राफिक प्रहरीको स्वास्थ्य समस्या पनि उच्च देखाएको छ । सडक प्रयोग कर्ताहरुलाई कानूनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न सकिएको छैन । सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधरणले खोजिरहेको छ । सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट नै सहयोग र सदभाव खाँचो छ । सडक दुर्घटनाका कारकतत्वहरु पहिल्याएर भरपर्दो तथ्याङ्क विश्लेषण सहित नियन्त्रणका उपायहरु लगाउन सकिएमा क्षति न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिन्छ । प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य रहेको छ ।’

उहाँले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौं उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गर्नुभयो । उहाँले अझै दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता रहेको बताउनु भयो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन