fbpx

‘सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक’:- महानिरीक्षक राजु अर्याल

author

समाचारपाटी

१ year अगाडि

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको बताउनुभएको छ । 

मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो । उहाँले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताउनु भयो । उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बिओपीहरु, अत्याधुनिक उपकरणहरु र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहार्द्रपूर्ण सम्बन्धकासाथ समन्वय र सहकार्य गरिरहेको बताउनु भयो । उहाँले राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन र विश्वास जितेर परिचालित हुनसके मात्रै प्रभावकारी हुने बताउनु भयो। उहाँले सशस्त्र प्रहरीले यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताउनु भयो । अर्यालले सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणा अनुसार नविन कार्यक्रमहरु शुरुवात गरिएको बताउनु भयो । उहाँले  उक्त कार्यक्रमलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘कुनैपनि सार्वभौम राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुन्छ । हामी राज्यको सीमा रक्षार्थ बोर्डर आउट लेटको स्थापना गरी कार्यसञ्चालन गरिरहेका छौं । सशस्त्र प्रहरीको अध्ययनले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बिओपीहरु आवश्यक रहेको देखाउँछ । यसको लागि अत्याधुनिक केही उपकरणहरु थप जनशक्तिको अरिहार्यता छ । साथै सीमा सुरक्षा समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्र्रपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य भइरहेको छ । राज्यको सीमा सुरक्षा पहराले मात्रै बलियो हुँदैन । सीमा क्षेत्रका नागरिकको मन र विश्वास जिती परिचालित हुनसके मात्रै प्रभावकारी हुन्छ भन्ने निस्कर्ष छ । यो वर्ष सीमा जोडिएका ६ स्थानमा २२५ जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौं । सीमा क्षेत्रका नागरिकको हितका लागि सीमा इलाका विकास योजना अवधारणाअनुसार नविन कार्यक्रमहरु शुरुवात गरेका छौं । यसलाई नेपाल सरकारबाट नीतिगत रुपमा निरन्तरताको घोषणासँगै बिओपीमार्फत सीमा इलाकामा विकासहरु काल्याणकारी कार्यहरु गर्न सकिन्छ भन्ने संङगठन आशावादी छ । काल्याणकारी सेवामार्फत यसै वर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था र प्रदेशस्तरिय स्वास्थ्य शिविर गरिने छ । सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउनेछौं ।’

उहाँले काल्याणकारी सेवामार्फत यसैवर्ष सीमा इलाकामा बसोवास गर्ने आदीवासी,जनजाती,दलित र अल्पसंख्यक समुदायका छात्र÷छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजारका दरले शैक्षिक वृद्धि र दुई जनालाई कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था गरिने बताउनु भयो । उहाँले सीमा क्षेत्रका जिल्लामा बसोवास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्युनतम ५ देखि १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल
 


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर