fbpx

जहाज दुर्घटना अध्ययन गर्न गठित जाँच आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम

author

समाचारपाटी

२ years अगाडि

पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।

दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ । अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ ।

दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरु नेपालमा परीक्षण गर्न नसकिने हुँदा उच्च गुणस्तरसहितको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा पठाउनु पर्ने हुन्छ । सोही अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।

१ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको शव प्राप्त भएको छ । १ जना बेपत्ता छन् । जहाजमा ७२ जना सवार थिए । सोही दिन मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन