fbpx

‘नेपालका नदीबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक छ’:- सभापति दीपक सिंह

author

समाचारपाटी

१ year अगाडि

पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी,खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताउनुभएको छ । 


सोमवार न्युज एजेन्सी नेपालले आयोजना गरेको नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी समस्या समाधान विषय राउण्डटेबल कार्यक्रममा बोल्दै समिति सभापति सिंहले यस्तो बताउनुभएको हो । उहाँले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी,बालुजा र ढुङ्गा उत्खनन् रोक्न नहुने बताउनु भयो । सभापति सिंहले नेपालका नदी तथा खोलाको गिट्टी वालुवा र ढुङ्गा समयमा नै उत्खनन् गर्न नसके भारत धनी हुने धारणा राख्नुभयो । उहाँले सरकारले कानूनी जटिलता सहज बनाएर नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्नसके हजारौंलाई रोजगारी र अर्बौंको राज्यलाई आम्दानी आर्जन हुने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नदिने र क्रसर उद्योगहरु पनि बन्द गर्ने हो भने हजारौं मानिसहरु विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको बताउनु भयो । सभापति सिंहले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न नसक्दा रोजगारी मात्रै नभएर राज्यको राजश्व समेत गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न दिएर अर्बौं रुपैयाँ आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्नुपर्ने बताउनु भयो । उहाँले यसरी काम गर्नसके सरकारले प्रत्येक वर्ष अर्बौं रुपैयाँ आर्जन र हजारौं युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनसक्ने बताउनु भयो । उहाँले क्रसरको ठेक्का लिन मेयर उपमेयरहरु नै अग्रसर रहेको भन्दै यस्तो कार्य रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले विगतमा समितिहरुमा के काम ग¥यो भन्नेकुरा भन्दा पनि आफ्नो कार्यकालमा कुनैपनि बेइमानि नगर्ने प्रतिवद्धता जनाउनु भयो । सभापति सिंहले क्रसर तथा टिप्पर व्यवसायीहरुले देशलाई ठग्ने काम नगर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,‘खोला नदीका गिट्टा ढुङ्गाहरु समयमा नै उत्खनन् गर्न सकेनौं भने बालुवाको रुपमा भारत पुग्छ । त्यहाँबाट हामीले केही पाउँदैनौं । न त व्यवसाय गर्ने व्यवसायीहरुले रोजगारी दिन सक्नुहुन्छ । क्रसर उद्योगमा लागेर हजारौं नागरिकहरुले रोजगारी पाएका छन् । क्रसर उद्योग बन्द भए ती सबै मानिसहरु विदेश जानुपर्ने अवस्था आउँछ । त्यहाँबाट राज्यले राजश्व पनि गुमाउँछ । खोला नदी र चुरे संरक्षण गरेर खोला नदीको गिट्टी वालुवा उतखनन गर्नसक्यो भने रोजगारी र पैसा त्यही छ । अर्ब रुपैयाँ खोलाको गिट्टी बालुवाबाट आउँछ भने ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्न आवश्यक छ । यसरी काम गर्नसक्यो भने प्रत्येक वर्ष अर्बौं रुपैयाँ आर्जन गर्नसक्छाैँ । हजारौं युवाहरुलाई मुलुकमा नै रोजगारी दिनसक्छौं । क्रसरको ठेक्का लिन मेयर उपमेयरहरुले सिकिसकेका छन् । यस्तो ठेक्का रोक्नुपर्छ । संसदको समितिहरुमा विगतमा के भयो मतलव छैन । मेरो कार्यकालमा कुनैपनि बेमानि गर्दिन । व्यवसायीहरुसँग चुनावी खर्च पनि गर्दैनौं ।  चार वर्ष काम गर्न नसके व्यवसाय मात्रै नभएर देश सकिन सक्छ । व्यवसायीहरुले सबै चिज गर्नुस् तर देशलाई ठग्ने काम नगर्नुस् । नेपाल सरकारका सचिवहरु,मुख्य सचिवहरु,योजना आयोगका उपाध्यक्षहरु रिटायर्ड भएको विदेशी कम्पनीहरुमा काम गर्न नपाउने व्यवस्था समितिहरुले बनाउँछौं । उनीहरुले विदेशी कम्पनीहरुलाई खुशी बनाउनको लागि हुने नहुने योजनाहरु हालि दिएका छन् । पाँच वर्षपछि त्यस्ता कम्पनीमा जागिर खान पाउने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गरे मात्रै मुलुकलाई ट्याकमा ल्याउन सक्छौं । नत्र पशुपतिनाथले पनि थेग्नसक्ने अवस्था देखिएको छैन ।’

उहाँले नेपाल सरकारका सचिवहरु,मुख्य सचिवहरु,योजना आयोगका उपाध्यक्षहरु रिटायर्ड भएको विदेशी कम्पनीहरुमा काम गर्न नपाउने व्यवस्था गर्ने बताउनु भयो । उहाँले सरकारका सचिव र मुख्यसचिवहरुले विदेशी कम्पनीहरुलाई खुशी बनाउनको लागि हुन नहुने योजनाहरु हालिदिने गरेको आरोप लगाउनु भयो । उहाँले अब सरकारका सचिव र मुख्यसचिवहरुलाई रिटार्यड भएको पाँच वर्षपछि विदेशी कम्पनीमा जागिर खान नपाउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मुख्य सचिव र सचिवहरुलाई रिटायर्ड भएपछि विदेशी कम्पनीमा पाँच वर्षसम्म काम गर्न नपाउने व्यवस्था गरेमात्रै मुलुकलाई लयमा ल्याउन सकिने बताउनु भयो ।  

न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन