पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

author

समाचारपाटी

३ हप्ता अगाडि

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । 

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताउनु भयो । उहाँले जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै फ्लाई ओभरले नपुग्ने बताउँदै १७/१८ ठाउँमा बताउनुपर्ने बताउनुभयो । उहाँले फ्लाई ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले भन्नुभयो, “यदि जामलाई केही हदसम्म कन्ट्रोल गर्ने हो भने एउटाले मात्रै पुग्दैन, १५–१७ वटा ठाउँमा फ्लाई ओभर ब्रिज बनाउन जरुरी छ । फ्लाई ओभर ब्रिजमाथि जाम हुँदैन । यहाँ भन्दा तल त जाम नै जाम छ नि । त्यसलाई पनि एउटा चाँडो भन्दा चाँडो पोलिसी बनाएर काम शुरु गर्नुपर्छ ।” 


स्थलगत अनुगमनका क्रममा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेट मै सम्पन्न हुनु सुखद् पक्ष भएको बताउनु भयो । उहाँले ट्राफिक लाइट र दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान लगायतका प्राविधिक हिसावले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले फ्लाई ओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  
उहाँले भन्नुभयो, “एउटा त यो फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट हो । त्यसमाथि पनि यो जुन रूपमा निर्धारण गरिएको थियो, त्यही रूपमा सम्पन्न भयो भनेपछि यो आयोजनाका हिसाबले सुखद पक्ष हो, म यसप्रति खुशी व्यक्त गर्छु । यसमा ट्राफिक लाइट, दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान गर्ने हिसावले लगायतका अन्य प्राविधिक हिसाशले यो फ्लाई ओभरबाट गरिने यात्रालाई सुरक्षित बनाउने र सँगै साइडबाट हुने यात्रालाई सुरक्षित बनाउनको लागि त्यसको सुरक्षा मापदण्डको खोजी गर्छ । त्यसमा सरकारको अझ बढी ध्यान जानु आवश्यक छ ।” 


२०७८ फागुनमा ओभर पास निर्माण दुई वर्षभित्र सक्ने गरी शुरु गरिए पनि पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी ३९ महिनामा फ्लाई ओभरको निर्माण सम्पन्न भएको हो । उक्त फ्लाई ओभरको आगामी शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य तालिका रहेको छ । – न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.०६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन