‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि हामी सबै एकठाउँमा उभिनुपर्छ’:- सञ्चारमन्त्री रेखा शर्मा

author

समाचारपाटी

१ year अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गर्नुभएको छ । 

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले व्यवस्थाको सुदृढीकरण र यहाँ भित्र देखिएका विकृति, विसंगतिको अन्त्यका लागि पनि फेरि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको हो । मन्त्री शर्माले समाजवाद स्थापना गर्ने ध्ययलाई पूरा हुनेगरी साहित्य लेखनमा जुट्न पनि स्रष्टाहरुको ध्यानाकर्षण गराउनु भयो । सबै क्षेत्रमा निष्ठा खडेरी परेर गइरहेकाले त्यसलाई जोगाउनका लागि कला र साहित्य क्षेत्रले जोड दिनुपर्ने मन्त्री शर्माको भनाई थियो । उहाँले निरंकुशताको अन्त्यका लागि लडेकाहरुले मुलुकमा विद्यमान सबै खालको विभेद अन्त्य गराउने काममा पनि लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । 

मन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो आउने नयाँ पुस्तालाई निराश बन्दैछन् । हामी देखिरहेका छौं–दिनहुँ एयरपोर्टमा मान्छेका लाइन लागेका छन् । देशभित्र रोजगारीको अवस्था बन्ने देखिराखेको छैन । त्यो चेतनालाई हामीले हाम्रै देश बनाउनु पर्छ, भन्ने खालको भावना, चेतना र जागरण दिने हाम्रो पनि कर्तव्य हो कि भन्ने मलाई लाग्छ । यसमा मैले थोरै ध्यानाकर्षण गराउन खोजे । यसको मूल सहजीकरण त राजनीतिक दल, नेताहरु र सरकारले नै गर्नुपर्छ । त्यो पनि हामीले बुझेको कुरा हो । तर सँगसँगै जसरी हामी हिजो यो व्यवस्थाका लागि, यो व्यवस्था स्थापनाका निम्ति निरंकुशताका अन्त्यका निम्ति जसरी हामी सबै काँधमा काँध, साथमा साथ मिलाएर अगाडि बढ्यौं । र अहिले यो व्यवस्थाको सुदृढीकरणका लागि, यहाँ भित्र देखिने सीमा समस्या अन्त्यका लागि, यहाँ भित्र देखिएको विकृति, विसंगतिको अन्त्यका लागि पनि फेरि हामी अगाडि बढनुपर्ने, फेरि एकाकार हुनुपर्ने र हामी सबै जसले एउटा निष्ठापूर्वक सोच्छौं जीवन, जगत र व्यवहारलाई । हामी सबै एकठाउँमा आउनुपर्ने हो कि भन्ने मलाई लाग्छ ।’

मन्त्री शर्माले विदेश पलायन भइरहेका युवाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत गराउने काममा पनि साहित्यकारहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । 


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने