fbpx

‘सञ्चार मन्त्रालयका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता छन्’:-प्रविधिमन्त्री रेखा शर्मा

author

समाचारपाटी

१0 महिना अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताउनु भयो । उहाँले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा सरकारी सञ्चार माध्यामहरु, निकायहरु, अरु पनि क्षेत्रहरु छन् रेडियो नेपाललाई मात्रै मैले भनिरहेको छैन । हामी सबै कस्ता भयौ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्ता हामी भयौं । सम्पती छ । तर सम्पतीलाई प्रयोग गर्न सकेका छैनौ वा हाम्रा केही ऐन, कानूनहरु बाधक छन रु हामीले यसलाई प्रयोग गर्न नसकेर अघि यहाँ भन्नुभयो ।

तलव खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । वास्तवमा यसलाई गहिरो ढंगले समिक्षा गर्न जरुरी छ । म आग्रह गर्न चाहन्छु–रेडियो नेपालका निर्देशकसहितको टिमले समस्याको ठिक ढंगले पहिचान गर्नुस् । हाम्रा यस्ता पाका, पुराना स्रष्टाहरुले यति धेरै गुनासो गर्ने स्थितिमा हामीले पुर याउनु हुँदैन । उहाँहरुप्रतिको सम्मान राज्यले गर्न सक्नुपर्छ । त्यो सम्मान गर्ने सामथ्र्य हामीसँग छ भन्ने मलाई लाग्छ । तर हामीसँग सामथ्र्य छ, साधनस्रोत छ । सबै थोक छ । हुँदाहुँदै पनि किन हामीले गर्न सकिरहेका छैनौं रु हाम्रा कानून बाधक हुन भने कानूनी बाटो खोलौं । क्याबिनेटमा लगेर यसको समस्या समाधान गर्न हामी तयार छौं ।’ मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानून बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भिर रहेको समेत बताउनु भयो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन