fbpx

‘मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौँ’ :- मन्त्री रेखा शर्मा

author

समाचारपाटी

८ महिना अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । 


आईतवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउनु भयो । उहाँले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको बताउनु भयो । उहाँले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘मिडिया काउन्सिल सम्बन्धी ऐन संसदमा दर्ता गर्ने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि यो पारित भइसकेको छ । विधेयक समितिको संयोजक गृहमन्त्री हुनुहुन्छ । एकचोटी फाइनल हेरेर आउने मन्त्रिपरिषद् बैठकमा लगेर संशोधन दर्ता गर्ने प्रक्रियामा छौँ । मिडिया काउन्सिलले समेटिसकेपछि प्रेस काउन्सिलमा संशोधन आवश्यक हुन्छ कि हुन्न त्यो कुरामा छलफल गरौँ । मिडिया काउन्सिल विधेयक संसदमा आएर पारित भएपछि मिडिया काउन्सिल नै बन्ने भएको हुनाले प्रेस काउन्सिल भनेर फेरी भनिरहनु जरुरी हुँदैन कि जस्तो मलाई लाग्छ । प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यताका सन्दर्भमा मिडिया काउन्सिल विधेयकमा के गरेका छौँ भने, सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति वा मिडियाको क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति भनेर अहिलेको विधेयकमा छ । त्यस सन्दर्भमा समितिमा पछि छलफल होला नै ।’

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले धेरै नियुक्तिमा सेवा निवृत्त प्रधानन्यायाधीश, न्यायाधीश अथवा वरिष्ठ अधिवक्ता हुनुपर्ने मापदण्ड राखिएको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले सम्बन्धित विषय विज्ञलाई नै सम्बन्धित क्षेत्रको नेतृत्व दिने नीति बनाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘जुन नियुक्तिमा पनि पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता त्यस्तोलाई मात्रै अध्यक्ष बनाउने कन्सेप्ट विकास भयो । त्यसकारण जुन क्षेत्रको अध्यक्ष बनाउँदै छौँ, त्यही क्षेत्रको विज्ञलाई अध्यक्ष बनाउने नीति आएको भए राम्रो हुन्थ्यो । जुनसुकै आयोगको अध्यक्ष भनेपछि पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता भन्ने मात्रै ट्रेन्ड बढेको छ । जुन विषयको विज्ञ हो, त्यही विज्ञलाई ल्याउनुपर्ने नीति हुनुपर्छ ।’

उहाँले प्रेस काउन्सिल नेपालमा पनि मिडिया क्षेत्र बुझेको मान्छेलाई अध्यक्ष बनाउनेगरी मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन