fbpx

सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्यः सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

author

समाचारपाटी

१ महिना अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताउनु भयो । उहाँले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताउनु भयो । उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्यो । अहिले काँग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पुर्याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब हुनुपर्यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छाँै ।’


मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताउनु भयो । उहाँले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने बताउनु भयो । बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक