fbpx

‘नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छ’:- सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

author

समाचारपाटी

२ महिना अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताउनु भयो । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गर्नुभयो । उहाँले बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताउनु भयो । भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताउनु भयो । चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र शुरुमा भन्दा त धेरै विकास भएको छ । तर अहिले पनि कमजोर नै छ । बलिउडको छायाँ यहाँ परेर हो की ? चिनियाँ फिल्म इण्डस्ट्रिको त हामीलाई धेरै प्रभाव परेको छैन । सार्कमा इण्डियालाई जित्न नसके पनि अरुलाई त जित्नसक्छौँ । त्यो हैसियत हुनुपर्छ । त्यसका लागि नीति, कानूनमा कहाँ कहाँ बाधा छ, त्यो बाधाका पहाडहरु यो वर्ष हामी तोड्छौँ । फिल्म इण्डस्ट्रिको डेभलपमेण्टका लागि के गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । यति धेरै सुन्दर देश बिरलै पाइन्छ ।’ 


मन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभइ भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन