fbpx

नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेनः सञ्चारमन्त्री

author

समाचारपाटी

१ हप्ता अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनुभएको छ ।


शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्व बढ्ने बताउनु भयो । उहाँले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी यो कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्नेकुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेशल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । त्यसले हाम्रो गण्डकी प्रदेशको,पर्यटन, उद्योग लगायत अरु क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ । यसले पर्यटनको विकास त छँदैछ । अरु क्षेत्रको विकास पनि हुन्छ । हामी एउटा निश्चित क्षेत्र भित्र छौँ । यो रेक्ट एंगल भित्र नै आर्थिक गतिविधि हुने हो । लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ एयरपोर्ट यि चार वटा इन्टरनेशनल एयरपोर्टभित्र त्यसको दायरा पनि त्यसको कम्पाउण्डभित्र पर्छ । यो भित्रको सबै चिज इकोनोमिक जोनको रुपमा डेभलप हुनसक्ने सम्भावना छ ।’
सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन