fbpx

श्रमजीवि पत्रकार सम्बन्धी ऐन परिमार्जन गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता

author

समाचारपाटी

४ हप्ता अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमवार न्युनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै विद्यमान ऐन कार्यान्वयन गर्नुपर्ने समेत बताउनु भयो । उहाँले ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताउनु भयो । उहाँले ऐन कार्यान्वयमा देखिएका समस्याहरुको समाधान गर्दै सुधार गर्न समेत जरुरी रहेको बताउनु भयो । उहाँले बन्न बाँकी ऐन र कानूनहरु फास्ट ट्र्याकबाट बनाउने दलहरुबीच सहमति भएको बताउनु भयो । उहाँले लामो समयदेखि थन्किएर बसेका विधेयकहरुलाई कानूनको रुप दिन लागि परेको समेत बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ संशोधन गर्छौं । यो प्रतिवद्धता जनाउन चाहन्छौँ । बहुदल पनि नआएको गणतन्त्रपनि नआएको हाम्रै मन्त्रालय छ । त्यसकारण ऐन संशोधनको प्रक्रियामा लाग्छौँ हामी । ठूला प्रकाशन एवं सञ्चार गृहहरुका कारण यो कार्यान्वयन नभएको हो नि । यसका सरकार र सम्बन्धित मन्त्रालयको तर्फबाट उनीहरुसँग आवश्यक अन्तरक्रिया नभएको हो कि । अहिलेसम्म हाम्रो राज्यको काम गर्ने तरिका र संस्कार त्यस्तो रहेछ । तत्काल यो ऐन कार्यान्वयनमा कहाँ कहाँ समस्या छ । त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ । त्यो कार्यान्वयन गर्ने कुरामा पनि मन्त्रालय तयार छ । नयाँ ऐन बनाउन समय लाग्छ । अध्यादेश आयो भने फेरि विरोधको बाढी आउँछ । फास्ट ट्र्याकमा जाने कुरामा त हामीले दलहरुको बीचमा सहमति गरेका छौँ । निश्चित समयभित्र ऐन बनाइसक्ने भनेर भनेका छौँ । ६, ७ वर्षदेखि थन्किएर बसेका १९ वटा विधेयकहरु यो पालि पास गर्ने भनेर भनेका छौँ । सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयको तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा मैले ध्यान दिन्छु । तर हामी पनि मर्यादित हुनुपर्यो ।’उहाँले सञ्चार क्षेत्रको सुधारका लागि आवश्यक काम गर्ने मन्त्रालय तयार रहेको बताउनु भयो । सञ्चार कर्ममा रहेका पत्रकारहरुले समेत मर्यादित भएर काम गर्नुपर्नेमा उहाँको जोड छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन