fbpx

पोखरा १५ र आई एनएफ नेपाल बिच थप ’स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति भएको छ ।

पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ ।

सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित वडा नं –१५ को ठुलो एरियामा फैलिएर नागरिकलाई विगत ७० वर्ष देखि विशिष्ट सेवा दिँदै आइरहेको उक्त संस्था अवस्थित वडाको जनप्रतिनिधि भएर सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिनुभयाे ।

उहाँले वडा नं –१५ लाई बहुतले भवनमा बस्ने तथा करोडौँका गाडी चढ्ने व्यक्ति र झुपडीमा बस्ने व्यक्तिले पनि स्थानीय सरकारको अनुभूति गरोस् भन्ने हिसाबले हाल वडाले मानवीय विकासमा प्रत्यक्ष असर गर्ने खालका कार्यक्रमहरू ल्याएको बताउँदै यहाँका सङ्घ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा ती कार्यक्रमहरूलाई पूरा गर्न कोसिसमा लागिरहेको बताउनुभयाे ।

आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिलेको माहौल हेर्दा फरक अनुभव गरेको प्रतिक्रिया दिनुभएकाे थियाे। उहाँले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वकोको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडी बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयाे ।

यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताउनुभयाे । उहाँले अहिलेको ठुलो समस्या भनेको नसर्ने रोगको समस्या रहेको र शहर गाउँ भन्दा नसर्ने रोगको ठुलो समस्या बोकेको ठाउँ भएको कारण यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताउनुभयाे ।

कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल, विष्णु प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो भने सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोलाले केन्द्रले दिँदै आइरहेको सेवा तथा समस्याका बारेमा बोल्नुभएकाे थियाे ।

स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती महिलाको जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ । यसअघि पनि संस्थालाई आई एनएफ, हेप्पी होम, अनुग्रह लगायतका सङ्घ संस्थाले सहयोग गरेका थिए ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक