उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताउनु भयो । उहाँले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्रलेखेर सहजिकरण गर्ने विषयमा सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताउनु भयो । मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरिय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताउनु भयो । उहाँले भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गर्ने तयार रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गर्नुभयो । उहाँले भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताउनु भयो । मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउँने भएकाले समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिपिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरिय छ । त्यसको बजार भनेको भारत नै हो । भारत निर्यातको लागि मन्त्रालयले सहजिकरण गरेर हुन्छ भने गर्न सक्छौं । नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो । भारतको अदालतले निर्यात गर्न दियो । भारत भन्सारले बारम्बार समस्या आइरहेको छ । उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो । नेपालको गुट्का उद्योगहरुको १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरिय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन । उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु । भारत निर्यातको लागि भारत सरकारसँग सहजिकरणको लागि पत्र लेख्न पनि तयार छौं । मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद ठूलो निकायमा व्यवसायीहरु आउनु भयो । बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ । नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको छ । सुपारी निर्यात नगर्दा १० हजार मानिसहरु बेरोजगार हुन्छन् । उद्योग बन्द हुन्छ । मन्त्रालयमा आउनुस सरकार सहजिकरण गर्न तयार छ । केही व्यवहारिक अफ्ठ्यारा पनि छन् ।’
उहाँले नेपालको उद्योगहरुले १० हजार मानिसहरुलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरु बेरोजगार हुने सम्भावना रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजिकरण गर्न तयार रहे पनि केही व्यवहारिक अफ्ठ्यारो रहेको बताउनु भयो ।