fbpx

इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेका तीन प्रतिभा सूचीबाट भण्डारीलाई सम्मान अर्पण गर्ने समाजको शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो ।

प्रतिभा छनौट समितिको सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला रहनुभएकाे थियाे । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी रहनुभएकाे थियाे ।

भण्डारीलाई १० हजार एक सय नगद राशि दोसल्लासहित सम्मान अर्पण गर्न लागिएको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिनुभयाे । आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गर्दै आएको छ । अक्षयकोशको राशि हाल १ लाख ६१ हजार एक सय ११ रहेको छ ।

लायन्स क्लब अफ पोखरा अर्पण, ओम् शिवशक्ति कल्याणी केन्द्र पोखरा र क्षत्री महिला समाज नेपालकी संस्थापक अध्यक्ष डा. भण्डारी साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील प्रतिभा हुनुहुन्छ । नासु तोरणबहादुर खत्री र गौरी केसीको कोखबाट पोखरा १९ लामाचौरमा जन्मेकी भण्डारीका ‘केही सुसेली : केही सुस्केरा’ कवितासङ्ग्रह, ‘संगम’ र ‘जिन्दगीको दोसाँधमा’ दुई मुक्तकसङ्ग्रह प्रकाशित छन् ।

‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका : लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत रहनुभएकाे छ । उक्त पुरस्कार नाट्यसम्राट बालकृष्ण समको १२१ औं सम जयन्ती समारोहका सन्दर्भमा माघ २४ गते अर्पण गरिने निधो भएको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन