२०२४ को चौथो त्रैमासिकमा इण्डोनेसियाले ५.०२ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन वृद्धि दरले रेकर्ड कायम गरेको छ । जसले दक्षिणपूर्वी एशियाली देशलाई गत वर्षभरि ५.०३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न प्रेरित गरेको तथ्याङ्क इण्डोनेसियाले घोषणा गरेको छ । बिपीएसका कार्यवाहक प्रमुख अमालिया अदिनिंगगर विद्यासन्तीले पत्रकार सम्मेलनमा २०२४ मा इण्डोनेसियाको अर्थतन्त्र, हालको मूल्यमा जिडिपीद्वारा मापन गरिएको अनुसार २२ हजार १३९ ट्रिलियन रुपैयाँ (लगभग १.३५ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । प्रतिव्यक्ति जिडिपी ४ हजार ९६०.३ अमेरिकी डलर पुगेको छ । वार्षिक वृद्धि इण्डोनेसियाका अर्थमन्त्री मुलयानी इन्द्रावतीले पहिले ५ प्रतिशतमा स्थिर रहने अनुमान गरेको भन्दा बढी थियो ।
सिन्ह्वा