fbpx

‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्ली जाने हुनुभएकाे छ । भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने हुनुभएकाे हाे ।

पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनुहुनेछ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको थियो, यसपटकको सहभागिता त्यसैको निरन्तरता भएको बताउनुभएकाे छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा हुने सहभागिताबाट मित्रराष्ट्रहरूका सैन्य सङ्गठनहरूबीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवं मानवीय सुरक्षाका साझा चासोका विषयहरूमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुने छन् भने नेपाल सहित १५ देशका सेनापतिहरू सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू सम्मेलनमा सहभागी हुन दिल्ली आउने कार्यक्रम रहेको छ ।

‘इन्डो–प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा पठाएका थिए ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक