fbpx

बारामा प्रिन्सिपल स्वर्णकार हत्याका सुटर सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो

author

समाचारपाटी

१0 महिना अगाडि

सिमरा । बारा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई मंगलबार राती पक्राउ गरेको छ। सिंहलाई बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको छ। नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभएकाे छ। सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

भारत मोतीहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सिंहमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार (सर्राफ) र भारत मोतिहारीका अजितकुमार सिंहको हत्या गरेको आरोप छ। सर्राफको कात्तिक १३ गते कलैयामा र सिंहको असोज ९ गते पचरौतामा गोली प्रहार गरी हत्या गरिएको थियो।

दुबै हत्याकाण्डमा सिंह मुख्य सूटर रहेको जनाउँदै प्रहरीले सुजितकुमार को खोजी गरिरहेको थियो। खोजीको सूचिमा रहेका सिंह नेपाल प्रवेशको सूचना पाएपछि पुगेको प्रहरी टोलीले खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो।

सुजितकुमार को साथबाट प्रहरीले एक थान पेस्तोल र गोलीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सिंहसंगै रहेका अन्य भने फरार भएका छन्।

बाराका प्रहरी प्रवक्ता न्यौपानेले पक्राउ परेका व्यक्ति सिंह नै रहेको भन्ने प्रारम्भिक रुपमा खुलेको बताउनुभयाे। उपचारपछि पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप विवरण सार्वजनिक गरिने प्रवक्ता न्यौपानेले बताउनुभयाे।

annapurnapost


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने