काठमाडौं । नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले उच्चस्तरीय राजनीतिक भेटघाटहरू गर्ने हुनुभएको छ।
उहाँको भेटघाटको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म रहेको परराष्ट्र स्रोतको भनाइ छ ।
सोमबार काठमाडौं झरेलगत्तै समकक्षी भरतराज पौड्यालसँग भेटघाट गरेका क्वात्राले होटल याक एन्ड यतीमा द्विपक्षीय सचिवस्तरीय बैठक गर्नुभएको छ ।
सचिव स्तरीय बैठकमा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्रले जनाएको छ । जसअन्तर्गत व्यापार तथा पारवाहन, विद्युत क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो ।