जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाँख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह रहेकाे प्रहरीले बताएकाे हाे ।
साहलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं। २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी क्षेत्रीले बताउनुभयाे ।
उहाँलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।