रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेका थिए

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । अध्यागमन विभागले शुक्रबार पक्राउ गरेका भारतीय नागरिक रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको देखिएको छ । अडुकिया शुक्रबार भारतबाट नेपाल आउँदै गर्दा अडुकियालाई विमानस्थल अध्यगमन कार्यालयले नियन्त्रणमा लिएको हो । अडुकियामाथि साउन २ गते विमानस्थल भन्सारमा बरामद भएको एक सय किलो सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।

पक्राउ परेका अडुकियालाई अध्यगमन विभागले राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी दिएको छ । अध्यगमन विभागका अनुसार रोहन पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिरिएका थिए । १५ चैत २०७८ देखि ५ साउन २०८० सम्मको अवधिमा अडुकियाले ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यगमन विभाग स्रोतले बतायो । रोहन पछिल्लो पटक २४ असार (जुलाई ९) मा काठमाडौं आएका थिए । त्यस दिन राति ८ बजेर ६ मिनेटमा काठमाडौं ओर्लिएका उनी त्यसपछि ५ साउनमा नेपाल छोडेका थिए ।

सन् २०२२ को एक वर्षमै रोहन २८ पटक त्रिभुवन विमास्थलमा आवागमन र प्रस्थान गरेको अध्यगमनको विवरणमा उल्लेख छ । सन् २०२३ मा भने १३ पटक आउजाउ गरेको देखिन्छ । उनको यात्रा विवरणमा २१ पटक काठमाडौंबाट प्रस्थान र २० पटक आवागमन गरेको देखिन्छ । पछिल्लो १६ महिनामा २१ औं पटक काठमाडौं ओर्लिदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परेका थिए ।

onlinekhabar


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन