वीरगन्ज । वीरगन्जमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधबार राति ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत बिहारका सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार राति ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगन्ज १५ मुर्ली निवासी ४५ वर्षीय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयाे ।