काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।
अभिनेता अनुपम खेरले ट्विटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी दिनुभएको छ ।
भारतीय सञ्चारमाध्यमले अनुपम खेरललाई नै उदृत गर्दै सतीश कौशिकको निधन भएको खबर छापेका छन् । सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित हुनुहुन्थ्यो ।
उहाँको निधनबारे थप जानकारी आइसकेको छैन ।