भारतद्वारा नेपाललाई ३४ एम्बुलेन्स र ५० वटा बस उपहार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपालमा विद्यालय मर्जर हुँदै जाँदा विद्यालयलाई स्कुल बसको आवश्यकता बढ्दै गएको बताउनुभएको छ । 


आईतवार भारतीय दुतावासमा आयोजित नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप हस्तान्तरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिला म्यापिङ गरेर विद्यालयहरु नबनाइएको र अहिले म्यापिङ गरेर मर्जरमा लैजाने प्रक्रिया शुरु गरेसँगै विद्यार्थीहरुका लागि विद्यालयसम्मको दूरी बढेकाले विद्यालय बसको माग बढ्दै गएको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई सहजै सुलभ शिक्षा प्रदान गर्नका लागि विद्यालय बसको आवश्यकता रहेको पनि स्वीकार गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धलाई अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

 
उहाँले भन्नुभयो, ‘हाम्रो आवश्कतालाई महशुस गरेर मित्र राष्ट्र भारतबाट जो सहयोग प्राप्त भएको छ, यो स्मरणीय रहनेछ । चाबी प्राप्त गर्नुहुने मित्रलाई यो सहयोगको सदुपयोग गर्न आग्रह गर्दछु । यसले नेपाल–भारत सम्बन्धलाई अझै सुमधुर बनाओस् । विद्यालयलाई यातायातको बाटोका सुविधा बढेपछि विद्यालयहरुलाई बसको आवश्यकता बढेको छ, माग पनि बढेको छ । हाम्रा विद्यालयहरु म्यापिङ नगरी खोलियो, तिनीहरुलाई अहिले म्यापिङ गरेर मर्जरमा लैजाने प्रक्रिया शुरु गरेका छौँ । मर्जरमा जाँदा दूरी बढेको छ । विद्यालयलाई जसकारण यातायातको साधन बसको आवश्यकता बढेर गएको छ ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले विद्यालयमा यातायातको साधन आवश्यकता रहेको देखेर नै भारतले बस र एम्बुलेन्स सहयोग गरेको बताउनु भयो । उहाँले नेपाल शिक्षित हुँदा भारत र भारत शिक्षित हुँदा नेपाललाई फाइदा हुने भएकाले दुवै देश मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले भारत सरकार नेपालका हरेक जिल्लामा कम्तिमा एउटा एउटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराउने चाहनाअनुसार काम गरिरहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘अहिले स्कुल बसको मागलाई देखेर नै भारत सरकारले सहयोग गरेको हो । नेपालको विकास हुनुमा भारतलाई पनि फाइदा छ, नेपाल शिक्षित हुँदा भारतलाई पनि फाइदा छ । भारत विकास हुँदा नेपाललाई पनि फाइदा हुन्छ । हामी दुवै देश मिलेर अघि बढ्न जरुरी छ । त्यसैले पनि यो कार्यक्रमहरु विगतदेखि नै गर्दै आइरहेका छौँ । हामीले सहयोग गरेका स्कुल बस र एम्बुलेन्सले धेरै सहयोग पुगेको हामीले देखेका छौँ । आगामी दिनमा पनि यसरी ने थप सहयोग गर्नेछौँ । हामी नेपालको हरेक जिल्लामा एउटा एउटा स्कुल बस र एम्बुलेन्स पुगोस् भन्ने कोशिस गर्नेछौँ ।’

भारत सकारले आज नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत ३४ वटा एम्बुलेन्स र ५० वटा बस उपहार स्वरुप हस्तान्तरण गरेको हो । 


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन