काभा महिला भलिबलमा भारत बन्यो च्याम्पियन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।  एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार सम्पन्न खेलमा भारतले काजकिस्तानमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । यसअघि भारतले नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो ।


काजकिस्तानमा एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेटमा २५–१५ को सहज जित निकालेको थियो । पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।


यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकालेको थियो ।  राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिव लगायतले पुरस्कार प्रदान गर्नुभयो । 


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान