क्याम्पस प्रमुख कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्ववियूले लगायो ताला

author

समाचारपाटी

२ years अगाडि

गोरखा । क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले द्रव्य शाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ । दोषी उपर कारबाहीको माग गर्दै उजुरी दिए पनि प्रहरी संगठन र प्रशासनले विभिन्न बहानाबाजीमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै क्याम्पसको स्ववियूले तालाबन्दी गरेको हो ।

शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ ।

‘अपराधिक मानसिकताका व्यक्तिहरु दिनदहाडै बजारमा खुलेआम रुपमा हिँडिरहेको र घटनामा आरोपित व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरीमा उजुरी गर्दा पनि झनै उक्त घटनालाई बिभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति स्ववियू घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासन समेत मौन रहनुले प्रहरी संगठन र प्रशासन प्रति जनताको विश्वास गुमेको भन्दै घटनाका दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन स्ववियूले माग गरेको छ । दोषी उपर कारबाही नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत स्ववियूले दिएको छ ।

जनयुद्धको विरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षको टेवल समेत तोडफोड गरेका थिए । घटनामा गोरखा नगरपालिकाका मेयरका स्वकिय सचिव समेत रहेका अर्याल, जिल्ला समन्वय समिति प्रमुखका स्वकीय सचिव राजन आले मगर, अनेरास्ववियू (क्रान्तिकारी) गोरखाका अध्यक्ष बिष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङ लगायत अन्य युवाहरुको संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान