पोखराको जनप्रिय क्याम्पसमा नेविसंघबाट अनिसा खड्काकाे कोषाध्यक्ष पदमा उम्मेद्वारी

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। यस चुनावलाई लिएर पोखराको जनप्रिय क्याम्पसमा पनि माहोल तातेको छ। विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा छन् भने उम्मेदवारहरू प्रचारप्रसारमा ब्यस्त भएका छन्। यसपटक चुनाव धेरै विवादरहित देखिएको छ। जनप्रिय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट अनिसा खडका (अनु) कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ।

उहाँका प्रतिद्वन्द्वीहरू अनेरास्ववियुका सफल तिवारी र अखिल (क्रान्तिकारी) का सागर थापा रहनुभएकाे छ। अनिसा खडका पर्वत जिल्लाको बिहादी गाउँपालिका–३, बाच्छाँमा जन्मिनुभएकाे हाे। उहाँको जन्म २०५७ साल साउन २८ गते भएको हो। अनिसाले आफ्नो प्रारम्भिक पढाइ गाउँकै जनकल्याण माध्यमिक विद्यालयबाट पूरा गर्नुभयाे। उच्च शिक्षाका लागि पोखरा आउनुभएकी उहाँ अहिले जनप्रिय क्याम्पसमा बिजनेस स्टडिज (MBM/MBS) को पहिलो सेमेस्टरमा अध्ययन गरिरहनुभएकाे छ। विद्यालय जीवनदेखि नै सामाजिक कार्यमा सक्रिय अनिसाले रेडक्रस, बाल क्लब तथा विद्यार्थी संगठनहरूमा काम गर्दै आउनुभएकाे छ। उहाँले पोखरा-पर्वत सम्पर्क समितिको कोषाध्यक्ष भएर दुई वर्ष काम गर्नुभयाे। २०७४ मा जनप्रिय क्याम्पसको नेविसंघ कोषाध्यक्ष बनेकी उहाँले नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्वतका विभिन्न जिम्मेवारी पनि सम्हालिसक्नुभएकाे छ।

अहिले उनी नेविसंघ जनप्रिय क्याम्पस कमिटीको उपसभापति छन्। अनिसाले विद्यार्थी संगठनहरू पार्टीका नेताहरूका लागि मात्र सिँढी बन्न नहुने बताउनुभएकाे छ। उहाँका अनुसार विद्यार्थी राजनीति विद्यार्थीहरूको हक र हितका लागि हुनुपर्छ। "राजनीति जोगाउनका लागि मात्र विद्यार्थी बनेका होइनौं। विद्यार्थी नेताहरूका लागि भर्‍याङ बन्नुहुँदैन। स्ववियुमा पढ्ने विद्यार्थीहरूले नै अवसर पाउनुपर्छ," उहाँले भन्नुभयाे। उहाँले त्रिभुवन विश्वविद्यालयमा देखिएको लापरबाही, विद्यार्थीहरूलाई पर्ने समस्या, क्याम्पसमा हुने ढिलासुस्ती, पढाइको गुणस्तर जस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयाे। विद्यार्थीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आफू चुनाव लडिरहेको उनको भनाइ छ। स्ववियु चुनाव पटक–पटक भए पनि विद्यार्थीहरूका समस्या जस्ताको तस्तै रहेको भन्दै अनिसाले अब उचित नेतृत्व चयन गर्नुपर्ने बताउनुभएकाे छ। "हामीले आफ्नो पढाइ राम्रो बनाउन, शिक्षाको गुणस्तर बढाउन र विद्यार्थीहरूको अधिकार सुरक्षित गर्न अब सचेत हुनुपर्छ। विद्यार्थीका समस्या समाधान गर्न, प्रशासनलाई जवाफदेही बनाउन र स्ववियुलाई प्रभावकारी बनाउन म चुनाव लड्दैछु," उहाँले भन्नुभयाे।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’