ईपानले वैशाख ५ र ६ गते काठमाडौंमा उर्जा सम्मेलन गर्दै

author

समाचारपाटी

२ years अगाडि

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले वैशाख ५ देखि ६ गतेसम्म आठौं उर्जा सम्मेलन –२०२३ गर्ने भएको छ । 
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईपानले आगामी बैशाख ५ र ६ गते काठमाडौंमा आठौं उर्जा सम्मेलन –२०२३ गर्ने जानकारी दिएको हो । इपानले ‘हरित उर्जाको बजार बिस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठौं संस्करणको ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ । समिटको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा  लगानी बोर्ड  रहेको ईपानले जनाएको छ । सम्मेलनमा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एशियाली नेताहरुको समेत उपस्थिति हुनेछ । ईपानले पावर समिट नेपालको उर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुङ्गा सावित अपेक्षा गरेको छ ।  

ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिव ८०० जना सहभागी हुने बताएको छ । सम्मेलनमा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए), नवीकरणीय ऊर्जा विकास र बजार बिस्तारका लागि सम्झौता गरिनेछ । सम्मेलनमा नेपालको विद्युत बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवद्र्धन सोलार, हाइड्रोजन,अन्तरदेशिय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने सम्मेलनमा संयोजक आशिष गर्गले बताउनु भयो । उहाँले सम्मेलनमा १५ वटा स्टल समेत राखिने बताउनु भयो । उहाँले स्टलको लागि स्वदेशी कम्पनीको लागि ८ हजार विदेशी कम्पनीहरुको लागि १० हजार तोकिएको बताउनु भयो । उहाँले सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुने बताउनु भयो । 

पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रिय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरू प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । नेपाल अहिले विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै ऊर्जा जगेडातर्फ अघि बढेको छ । अहिले देशको जडित करिव २५५० मेगावाट पुगेको छ  । जसमा निजी क्षेत्रको योगदान ६५ प्रतिशत रहेको इपानले जनाएको छ । यो वर्ष निजी क्षेत्रको करिव ६०० मेगावाट प्रणालीमा थपिँदै छ । सन् २०२७ सम्म कुल जडित क्षमता ६ हजार ७०० मेगावाट पुर्याउने लक्ष्य छ । यो अवधिमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुग्नेछ । राष्ट्रिय लक्ष्य प्राप्तिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै अर्थतन्त्रमा ठूलो हिस्सा हरित ऊर्जा ऊत्पादन र प्रयोग आवश्यक छ । 


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन