स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले स्थापनाको २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी माघ ४ गते २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती बनाउन बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले लिडिङ द इनर्जी प्रस्पोरेटी भन्ने नारासहित इप्पान रजत जयन्ती मनाउन लागेको बताउनु भयो । उहाँले लगानीको हिसावले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीको उपलब्धी र प्रगतिहरु जानकारी दिने गरी रजत जयन्ती मनाउन लागेको बताउनु भयो । उहाँले देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले देशको कुल विद्युत जडित क्षमता करिव ३ हजार ३ सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६ सय मेगावाट अर्थात विद्युत उत्पादन क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन भएको बताउनु भयो । उहाँले इप्पानले रजत जयन्ती २०८१ आगामी माघ ४ गते काठमाडौंमा गर्ने बताउनु भयो । उहाँले रजत जयन्तीको अवसरमा विभिन्न क्रियाकलापहरु आयोजना गरिएको बताउनु भयो । उहाँले रजत जयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री र ऊर्जा मन्त्रीको समेत सहभागिता रहने बताउनु भयो ।
उहाँले रजत जयन्तीको अवसरमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या र चुनौति अवसर,ऊर्जा क्षेत्रको आगामी मार्गचित्र,ऊर्जा नीतिहरुका विषयमा अन्तरक्रिया हुने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल