fbpx

जलविद्युतमा लगानी गर्दा विदेशी लगानीकर्तालाई हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छः गणेश कार्की

author

समाचारपाटी

८ महिना अगाडि

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ ।

बिहीवार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताउनु भयो । उहाँले नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै  त्यसको लागि ४६ खर्ब आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘नेपाल सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ । त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । नेपाल सरकारले विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारले जनतालाई जलविद्युतमा लगानी गर्नका लागि पनि आह्वान गर्नुपर्छ । सरकारले सम्मेलन भन्दा अघि नीतिगत सुधार गर्नुपर्छ । जलविद्युतमा लगानी गर्न आउँदा विदेशी लगानी कर्तालाई फाइदाका विषयमा स्पष्ट रुपमा बोल्न सक्नुपर्छ । लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी हिमालयन एस्क्पोमा पनि विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएका छौं । धेरै सप्लायर्सहरु लगानी गर्न इच्छुक हुनुहुन्छ । धेरै देशका डिजाइनरहरु नेपालमा लगानी गर्ने वातावरण पाउँछ की भनेर एक्स्पोमार्फत आफ्नो उत्पादनलाई लैजान खोज्नुभएको छ । त्योसँगै बेच्न र लगानी गर्न खाजेकाले नेपाल सरकारको उदेश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेका छौैं । सरकारलाई इप्पानले जलविद्युत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ ।’


उहाँले लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएको बताउनु भयो । उहाँले विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो । उहाँले सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको बताउनु भयो । उहाँले इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक