fbpx

कामु उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने, दुर्व्यहार गर्ने तीन जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

author

समाचारपाटी

१ year अगाडि

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीलाई कालोमोसो दल्ने प्रयास गरी दुर्व्यहार गर्ने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका तीन कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

इलाका प्रहरी कार्यालय धरानले बुधबार अभद्र व्यवहारको मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभएकाे छ।

मंगलाबार डाक्टर कार्कीलाई भिमबहादुर सार्की, शेरबहादुर कटवाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)ले कार्यकक्षमा कालोमोसो दल्ने प्रयास गरेका थिए। प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

उपकुलपति कार्कीले प्रतिष्ठान सञ्चालन गर्न नसकेको र यहाँको स्वास्थ्य सेवा सुधार नगरेको भन्दै उहाँलाई कालोमोसो दलेर जनकारबाही गरिएको पक्राउ परेका संगठनका कोशी प्रदेश उपाध्यक्ष सार्कीले बताउनुभयाे। सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले कानुन विपरीत काम गर्ने जोकोहीलाई पनि प्रहरीले पक्राउ गरी कारबाही गर्ने बताउनुभयाे।

annapurnapost


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन