fbpx

झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप बढ्दो

author

समाचारपाटी

१0 महिना अगाडि

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९(८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।

सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फछर्यौट भएको जिल्ला अदालतका स्रेस्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका स्रेस्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८/८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।

आव २०७९(८० मा लागू औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका स्रेस्तेदार बस्नेतले जानकारी दिनुभयने ।

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्यांक छ । आव २०७९/८० मा बलात्कार करणी सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्यांक अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् ।

चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा