fbpx

वीरेन्द्रनगरमा छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि  आन्दोलन र तोडफोड

author

समाचारपाटी

१ year अगाडि

सुर्खेत । छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार विहानैदेखि अशान्त छ । वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा शनिबार विहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि बालकका आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।

यरीचोकमा केन्द्रित आन्दोलनकारीहरु बजार बन्द गराउँदै हिँडिरहेका छन् । केही आन्दोलनकारीहरु मंगलगढी चोकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ ।

बजार क्षेत्रको सडक बन्द गराउँदा नागरिकले सास्ती भोगिरहेका छन् । दुर्घटनालगत्तै फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरुको माग छ ।

मोटरसाइकल नम्बर नखुलेकाले मोटरसाइकल चालकका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रशासनले आन्दोलन नियन्त्रणमा लिन नसक्दा आन्दोलकारी थप उग्र बनेका छन् । शनिबार नै वीरेन्द्रनगर नगरपालिका– ६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षका बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन पनि उग्र बन्दै गएको छ ।

घण्टाघर नजिकको उक्त होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै बालकका आफन्तहरु विद्यालमा तोडफोड र आगजानी गरेका छन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । घटनास्थलको मुचुल्का गरेर शव उठाउने काम भइहरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयाे ।

घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।

विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । सञ्चालक समितिका केही व्यक्तिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी थापाले जानकारी दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दुबै घटनाको मृतक पक्षसँग छलफल भइरहेको बताउनुभयाे ।

‘दुबै घटनाका आफन्तहरुसँग छलफल भइहरेको छ । उहाँहरु सहमतिमा पनि आइसक्नुभएको छ । तर केही बाहिरका व्यक्तिहरु आन्दोलनमा घुसेर उग्र बनाउने काम भइरहेको छ’ प्रजिअ सापकोटाले भन्नुभयाे, ‘हामीले आवश्यक प्रहरी फोर्स परिचालन गरेका छौं । आन्दोलनलाई शान्त पार्ने काम भइरहेका छन् ।’


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन