fbpx

पोखरा महानगरपालिका वडा ९ का गृहणी महिलाहरुलाई धुप बनाउने तालिम

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का गृहणी महिलाहरुलाई व्यवसायीक बनाउन धुप बनाउने तालिम प्रदान गरिएको छ ।

वडाका ५ वटा टोल पार्वती, शिव, शुभकामना, गणतान्त्रिक र कृष्णटोलका ६५ जना गृहणी महिलालाई ५ दिने धुप वनाउने तालिम दिईएको थियो ।

तालिमको समापनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य नन्दराम गिरीले सहभागीहरुलाई प्रमाण पत्र दिदैं सिप सिकेर मात्रै नहुने बताउनुभएकाे थियाे । उहाँले समुहमा लगानी गरी धुप बनाउने घरेलु उद्योग स्थापना गर्न सल्लाह दिदैं आफुले सहयोग गर्ने पनि बताउनुभएकाे थियाे ।

प्रशिक्षक तिर्थ श्रेष्ठले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफु सहयोग गर्न तत्पर रहेको बताउनुभएकाे थियाे भने रुपा केसीले सहभागीको तर्फबाट मन्तव्य राख्दै तालिमले आफुहरुलाई व्यवसायीक वन्न उत्प्रेरणा दिएको वताउनुभएकाे थियाे ।

कार्यक्रममा वडा सदस्यहरु गीता नेपाली, लक्ष्मी पहारी, समाजसेवी उत्तम जोशी, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्षहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।

पार्वती, शिव, शुभकामना, गणतान्त्रिक टोलका महिलालाई निशुल्क तालिम उपभोक्ता समुहकी अध्यक्ष लेखमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सरस्वती नेपालीले गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन